• बिहिबार, साउन २१ २०८३

आज घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?


मंगलबार, मंसिर २० २०७९
845
Shares

केही दिनदेखि लगातार बढ्ने क्रममा रहेको सुन–चाँदीको मूल्य मंगलबार भने घटेको छ।

सोमबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार