• शुक्रबार, साउन ८ २०८३

जापानलाई हराउँदै क्रोएसिया क्वार्टर फाइनलमा प्रवेश


मंगलबार, मंसिर २० २०७९
1.1K
Shares

साविक उपविजेता टाेली क्रोएसिया कतारमा जारी विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

सोमबार राति कतारको जनौब रंगशालामा भएको रोमाञ्चक खेलमा पेनाल्टी शुट आउटमा जापानलाई ३-१ ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हो।

खेलको ४३ औं मिनेटमा जापानका डेजन मायादाले गोल गर्दै अग्रता लिएपनि दोस्रो हाफको ५५ औं मिनेटमा क्रोएसियाका इभाना पेरिसिकले जवाफी गोल फर्काएका थिए। यसबीचमा दुवै टिमले राम्रो अवसर बनाएपनि गोल गर्न सकेनन्।

निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी शुट आउटमा गएको हो।

पेनाल्टी सुटआउटमा क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले गोल गरे । भने मार्को लिभाजा पेनाल्टीमा गोल गर्न असफल भए । जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् ।

आजको जीतसँगै क्रोएसियाले ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग क्वाटर फाइनलमा खेल्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार