सुचना । गोरखा नगरपालिकाका १४ वटै वडामा यहि मिति २०७७ बैशाख २५ गतेदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुदैछ ।
यस अभियानमा ६ महिनादेखि ५ बर्ष मुनीका बालबालिकालाई भिटामिन-ए का साथै जुगाको औषधी खुवाईने र ९ महिनादेखि ५ बर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेला रोग बिरुद्धको खोप लगाइने हुदा आफ्ना बालबालिका सहित नजिकको पायक पर्ने स्वास्थ्य संस्था तथा तथा खोप केन्द्र गइदिनुहुन गोरखा नगरपालिका हार्दिक अनुरोध गर्दछ ।
साथै कोभिड १९ को संक्रमणलाई ध्यानमा राखी सामाजिक दुरीको पूर्ण पालना गरिदिनहुन समेत आाग्रह गरिन्छ ।
खोप केन्द्रहरुका बारे जानकारी तलको सुचनामा उल्लेख गरिएको छ ।



