• शुक्रबार, साउन ८ २०८३

आजको मौसम पूर्वानुमान !


सोमबार, मंसिर १९ २०७९
2.5K
Shares

देशका केही स्थानको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले बिहान प्रदेश १ को पहाडी भू-भागमा तथा उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राती प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार