• शनिबार, साउन ९ २०८३

भारतमा कोरोनाबाट १७ सयको मृत्यु, संक्रमित ५० हजार नजिक


बुधबार, बैशाख २४ २०७७
875
Shares

भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको छ। त्यहाँ सोमबार संक्रमणबाट १ सय ७५ जनाले ज्यान गुमाएका थिए।

बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा अहिलेसम्म मृतकको संख्या १६ सय ९३ पुगेको छ। संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको वल्र्डओमिटरले जनाएको छ।

भारतमा मंगलबार एकै दिन २९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन्। सोमबार त्यहाँ ३९ सय ३२ जनामा संक्रमण देखिएको थियो।

भारतमा अहिलेसम्म १४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। त्यहाँ ३३ हजार पाँच सय ६५ जना उपचारको क्रममा छन्।

भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गुजरातमा पाँच हजार चारसय भन्दा बढी मानिस संक्रमित भएका छन्।

संक्रमण नियन्त्रणको लागि भारतमा आगामी १७ मेसम्मका लागि लकडाउन छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार