• शुक्रबार, साउन २२ २०८३

फिल्म ‘गुञ्जन’ को पहिलो गीत ‘सास चल्छ’ मा सारा र प्रितमराज (भिडिओ)


आइतबार, मंसिर १८ २०७९
690
Shares

आगामी पुस २९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘गुञ्जन’ को ‘सास चल्छ’ बोलको गीत सार्वजनिक भएको छ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो।

प्रविशा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई देख्न सकिन्छ। यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

सन्तोष पोखरेलको शब्द रहेको गीतमा करणराज कार्कीले संगीत भरेका छन् भने देवेश राईको संगीत संयोजन रहेको छ। फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत राखिएको छ। 

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। 

अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमराजसँगै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, निरुता स्याङतान, इभा श्रेष्ठ, कन्चन चालिसेलगायत कलाकारको अभिनय छ। विगत २ दशकदेखि द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो डेब्यु निर्देशन फिल्म हो। 

अभिनेता प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन्।

प्रेमकथामा निर्माण भएको फिल्म काठमाडौं, पोखरा, जोमसोम र दुबईमा छायांकन गरिएकाे हो। 

राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्। फिल्मका वितरक काठमाडौंमा जिजिए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार