नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय बनाएको छ।
आइतबार बिहानै बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरको कम्पाउण्ड छेउमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो।
तारले बेरिएको प्रेसर कुकर फेला परेकोमा सेनाको टोलीले डिस्पोज गरेको हो। सेनाले निस्क्रिय बनाएको शंकास्पद वस्तु बम भने नभएको पुष्टि भएको छ।
हालै सम्पन्न निर्वाचनमा काभ्रे–२ बाट प्रतिनिधि सभामा निर्वाचित बास्कोटा भने हाल काभ्रेमै रहेका छन्।


