• शनिबार, साउन २३ २०८३

विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ को खेल सुरु


शनिबार, मंसिर १७ २०७९
1.2K
Shares

कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हुन् ।

आजदेखि सुरु हुने नकआउट चरणका खेलहरु अझै रोमाञ्चक हुने अपेक्षा छ । आज अन्तिम १६ को दुई खेल हुनेछन् । जहाँ समूह ए को विजेता नेदरल्याण्ड्स र समूह बी को उपविजेता अमेरिकाबीच पहिलो खेल हुनेछ । यो खेल खालिफा इन्टरनेशनल स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।

समूह ए मा अपराजित रहेको नेदरल्याण्ड ७ अंक जोडेर समूह विजेता बनेको थियो । समूह चरणमा नेदरल्याण्ड्सले सेनेगललाई २-० ले पराजित गर्दै विश्वकप सुरु गरेको थियो । दोस्रो खेलमा इक्वेडरसाग १-१ को बराबरी खेलेको नेदरल्याण्ड्सले तेस्रो खेलमा आयोजक कतारलाई २-० ले पराजित गरेको थियो ।

यस्तै अमेरिका समूह बी को उपविजेता बन्ने क्रममा अपराजित रह्यो । पहिलो खेलमा अमेरिकासँग १-१ को बराबरीमा रोकिएको अमेरिकाले दोस्रो खेलमा इंग्ल्याण्डलाई गोलरहित बराबरी रोकेको थियो । निर्णायक तथा अन्तिम खेलमा इरानलाई १-० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६मा स्थान बनाएको थियो ।

यस्तै समूह सी को विजेता अर्जेन्टिना र समूह डी को उपविजेता अष्ट्रेलियाबीच दोस्रो खेल हुनेछ । यो खेल अहमद बिन अली स्टेडियममा हुनेछ ।

पहिलो खेलमै साउदी अरेबियासँग अग्रता लिएर पनि २-१ ले स्तब्ध बनेको अर्जेन्टिनाले त्यसपछि मेक्सिको र पोल्याण्डलाई समान २-० को नतिजामा हराउदै ६ अंक जोडेर समूह विजेता बनेको हो ।

उता, अष्ट्रेलिया पनि समूह डी मा पहिलो खेलमै साविक विजेता फ्रान्ससँग अग्रता लिएर पनि ४-१ ले पराजित भएको थियो । तर त्यसपछि ट्युनिसिया र डेनमार्कलाई समान १-० को नतिजामा पराजित गर्दै अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो । फ्रान्स समान ६ अंक जोडे पनि गोल अन्तरमा अष्ट्रेलिया पछि रहेको हो ।

नेदरल्याण्ड र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलियाबीच हुने खेलको विजेता पहिलो क्वाटरफाइनलमा भिड्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार