गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको एघारौँ साधारण सभा सम्पन्न भएको छ ।
सिरानचोक गाउँपालिका ७ आरुबोटमा एक समारोहका बीच शुक्रबार शाखाकाे साधारणसभा सम्पन्न भएको हो ।
शाखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा भएकाे साधारण सभामा महासंघ केन्द्रीय समितिकी सचिव सिर्जना अर्यालकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
साधारणसभा उद्घाटन कार्यक्रममा महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मा, सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रीता देवकोटा, गोरखा शाखाका संस्थापक अध्यक्ष किशोरजंग थापा, पूर्व अध्यक्ष भीमलाल श्रेष्ठ, तुलसी स्मृति प्रतिष्ठानका पुरुषोत्तम अर्याल, सिरानचोक गाउँपालिकाका वडा सदस्य राजेश गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा सचिव विकास मरहट्टाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मोहसिन अलि मियाँले प्रस्तुत गरेको आय, व्यय विवरण तथा भावी याेजना सर्वसम्मतले पारित गरेको छ । साधारणसभाकाे ब्यवस्थापनमा सिरानचाेक गाउँपालिकाले सहयाेग गरेकाे थियाे ।
कार्यक्रममा महासंघका प्रदेश पदाधिकारीसहित तनहुँ, लमजुङ्ग, चितवन लगायत जिल्लाका पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।