गोरखा । गोरखामा रहेर पत्रकारिता गर्दै आएका हरिराम उप्रेती तुलसी स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ गोरखा शाखाकाे एघाराैं साधारणसभाका अवसरमा उप्रेतीलाई साे पुरस्कारबाट पुरस्कृत गरिएकाे हाे ।
दुर्गम गाउँबस्ती पुगेर गरेको पत्रकारिताको उच्च मूल्यांकन गर्दै उप्रेतीलाई उक्त पुरस्कार दिइएको महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकाेटाले बताए । उनि कान्तिपुर दैनिकका गोरखा संवाददाता हुन् ।
२०६९ सालमा गोरखा सदरमुकामका समाजसेवी तुलसी अर्यालकाे समृतिमा उनका छाेराहरुले स्थापना गरेकाे पुरस्कारबाट हरेक बर्ष जिल्लामा कृयाशिल उत्कृष्ठ पत्रकारलाई नगद १० हजारसहित पुरस्कृत गर्ने गरिएकाे पुरस्कारका संस्थापक मध्येका एक किरण अर्यालले बताए ।
साधारणसभाकाे उद्घाटनका क्रममा महासंघ केन्द्रीय सचिव सिर्जना अर्याल, गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मालगायतले उप्रेतीलाई सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरेका थिए ।
गोरखा शाखाले हिजाे १६ गते सिरानचाेक गाउँपालिका ७ काे क्हाेला आरुबाेट सामुदायिक हाेमस्टेमा साधारणसभा आयाेजना गरेकाे थियाे ।