• शनिबार, साउन २३ २०८३

डलरको भाउ बढ्दा युरोको घट्यो, आज कतिमा हुँदैछ किनबेच ?


बुधबार, मंसिर १४ २०७९
595
Shares

बुधबार अमेरिकी डलरको भाउ बढेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६ पैसा कायम गरिएको छ। 

मंगलबार अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ३८ पैसा थियो भने बिक्रीदर १३० रूपैयाँ ९८ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ८ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३५ रुपैयाँ ३१ पैसा र बिक्रीमा १३५ रुपैयाँ ९४ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८७ पैसा घटेको हो।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ र बिक्रीमा ९७ रुपैयाँ ४५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५७ रुपैयाँ २३ पैसा तोकिएको छ। 

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ९४ पैसा र बिक्रीमा २९ रुपैयाँ ७ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ १६ पैसा र बिक्रीमा ४२६ रुपैयाँ ११ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ २ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ६२ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार