• शनिबार, साउन २३ २०८३

रामजानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न


बुधबार, मंसिर १४ २०७९
590
Shares

श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ ।

महामहोत्सवको अन्तिम दिन आज मङ्गलबार रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा भएको भण्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर रामकलेवा मनाइयो ।

महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा रही आएको छ । भोजनपछि साधुसन्तलाई दक्षिणा दिएर विधिवत् बिदा गर्ने गरिन्छ । बिदाइका क्रममा मिथिला परम्पराअनुसार चादर, कम्बल र दक्षिणा प्रदान गर्दै बिदाइ गरिएको छ ।

विवाह पञ्चमीमा विवाह भएको जोडीहरूलाई जानकी मन्दिरको प्राङ्गणमा राखी उनीहरूले एक अर्का पक्षलाई गाली गर्दै ठट्यौली गर्ने परम्परा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार