विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएका छन् ।
पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।
उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिने छ ।