• शनिबार, साउन २३ २०८३

सुकुम्बासीले गरे काठमाडौं महानगरपालिका घेराउ


मंगलबार, मंसिर १३ २०७९
665
Shares

काठमाडौंमा बस्दै आएका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन्।

महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन खोजेपछि विभिन्न ठाउँमा सरकारी जमिन अतिक्रमण गरी बस्दै आएका सुकुम्वासीहरु प्रदर्शनमा उत्रिएका हुन्।

सुकुम्वासीहरूले विरोध गर्दै तत्कालै भूमिहीन समस्या समाधान गर्न समेत उनीहरूले माग गरेका छन्।

सोमबार बस्ती हटाउन गएका महानगरका कर्मचारी र स्थानीयबीच झडप भएको थियो। उक्त झडप हुँदा नगर प्रहरी बलका प्रमुखसहित १८ जना प्रहरी घाइते भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार