अमेरिकाको हवाईस्थित विश्वकै सबै भन्दा सक्रिय मानिने ज्वालामुखी पहाड ‘माउना लोआ’ बाट ज्वालामुखी विस्फोट भइरहेको छ ।
करिब ४० वर्षपछि पहिलो पटक सो ज्वालामुखी सक्रिय भएको हो । पहाडको टुप्पाको वरपर मात्र लाभा बगिरहेकाले फेदमा रहेका समुदायलाई खासै खतरा नरहेको बताईएको छ । यद्दपी अमेरिकी भौगर्भिग विभागले भने परिस्थिति कुनै पनि बेला खतरनाक हुनसक्ने चेतावनी दिएको छ ।
हवाईको विग टापु र वरपरका जलीय क्षेत्र र त्यहाँका बासिन्दालाई लाभाको खरानी खस्ने बारेमा सतर्क गराइएको छ ।
हवाइको विग टापु र वरपरका जलीय क्षेत्र र त्यहाँका बासिन्दालाई लाभाको खरानी खस्नेबारे सतर्क गराइएको छ । त्यसैगरी ज्वालामुखीको सतर्कता स्तरलाई बढाएर ‘सल्लाह’बाट ‘चेतावनी’मा पुर्याइएको छ ।
यसअघि सन् १९८४ का मार्च र अप्रिलमा माउना लोआ विस्फोट हुँदा लाभा हिलो सहरको पाँच माइल दूरीसम्म बगेको थियो । यो पछिल्लो विस्फोट आइतबार राति यस पहाडको टुप्पो काल्डेराको मोकुआविओविओमा भएको हो ।
ज्वालामुखी विस्फोट हुँदा वरपरका क्षेत्रमा दर्जनौं पटक २ दशमलव ५ रेक्टर स्केल भन्दा शक्तिशाली कम्पन भएको थियो ।


