• आइतबार, साउन ३१ २०८३

कोरोना बिमाको भुक्तानी आज सुरु हुँदै


मंगलबार, मंसिर १३ २०७९
680
Shares

कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ।

निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन्। जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ।

यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपको छैन।

कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम दुई करोड २७ लाख रुपैयाँ पनि भुक्तानी गरेका छैनन्। हालसम्म नेसनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरियन्टल र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई भुक्तानी गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार