• शुक्रबार, भाद्र २६ २०८३

केही स्थानको मौसम बदली हुने


मंगलबार, मंसिर १३ २०७९
815
Shares

देशका केही स्थानमा आज मंगलबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले बिहान देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली तथा अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, तराई भू-भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार