• शनिबार, साउन २३ २०८३

स्वीट्जरल्याण्डलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम-१६ मा प्रवेश


मंगलबार, मंसिर १३ २०७९
875
Shares

SÃO LOURENÇO DA MATA, PE - 09.09.2021: BRASIL X PERU - Brazilian players, commemorating Neymar's goal, during Brazil and Peru, a game valid for the qualifier for the World Cup in Qatar 2022. Game played this Thursday night (09), at Estádio Arena de Pernambuco, in Pernambuco, Brazil. (Photo: Tiago Caldas/Fotoarena/Sipa USA)

कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै ब्राजिल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

स्टेडियमा ९७४ मा भएको समूह जीको यो खेलमा ब्राजिलका लागि खेलको अन्त्यतिर कासेमिरोले रोड्रिगोको पासमा गोल गरेका थिए ।

त्यसअघि कासेमिरोको पासमा भिनिसियस जुनियरले ६४औं मिनेटमा गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले त्यसलाई अफसाइड भन्दै मान्यता दिएन ।

पहिलो खेलमा सर्वियालाई २-० ले पराजित गरेको ब्राजिल लगातार दुई जितपछि समूह जी बाट नकआउट चरणमा प्रवेश गरेको हो । समूहमा एक खेल खेल्न नै बाँकी रहेको ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टिम बन्यो । यसअघि साविक विजेता फ्रान्स समूह डी मा लगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको छ ।

ब्राजिलले अब समूहको अन्तिम खेल क्यामरुनसँग खेल्नेछ । सोमबारै भएको खेलमा क्यामरुन र सर्वियाले ३-३ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

उता पहिलो खेलमा क्यामरुनलाई हराएको स्वीट्जरल्याण्डले भने अन्तिम १६ मा पुग्न समूहको अन्तिम खेल पर्खनुपर्ने भएको छ । स्वीट्जरल्याण्डले समूहको अन्तिम खेल सर्वियासँग खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार