• शनिबार, साउन २३ २०८३

गण्डकीले मंगलबारदेखि सिफारिस भएका स्थायी शिक्षक विद्यालयमा पठाउने


मंगलबार, मंसिर १३ २०७९
1.2K
Shares

मावि तह तृत्तीय श्रेणी स्थायी शिक्षकको जिल्ला पदस्थापनको लागि केही उम्मेदवारहरुको निवेदन नआएको गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

सोमबारसम्म अन्तिम समय हुँदा पनि निवेदन नपरेपछि सोमबार अपरान्ह ४ बजेसम्म निवेदन दिन सूचना जारी गरेको थियो । ११ जनाको नामावली सहित सूचना जारी गरेपछि ८ जनाले निवेदन दिएका निर्देशनालयले जनाएको छ । बाँकीले अहिलेसम्म पनि निवेदन नदिएकाले उनीहरुलाई बाँकी रहेको क्षेत्रमा पठाउने तयारी गरेको निर्देशनालयले जनाएको छ ।

निर्देशक अम्बिका प्रसाद आचार्यले भने ‘अझै पनि तीन चार जनाको निवेदन निवेदन आएको छैन । उहाँहरुलाई अब बाँकी रहेको क्षेत्रका विद्यालयमा पठाउँछौं ।’

मंगलबारदेखि नै उम्मेदवारले छनोट गरेको विद्यालयमा पठाउने तयारी रहेकोले अधिकांश सिफारिस भएका शिक्षकलाई मंगलबारदेखि विद्यालयमा उपस्थिति हुने गरी पठाउने उनले बताए । बाँकी रहेका शिक्षकलाई बुधबारदेखि विद्यालयमा उपस्थित हुने गरी पठाउने बताए ।

शिक्षक सेवा आयोगले गण्डकी प्रदेशको लागि २६३ जना शिक्षक सिफारिस गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार