• शनिबार, साउन २३ २०८३

घट्यो सुनचाँदीको मूल्य


सोमबार, मंसिर १२ २०७९
845
Shares

नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ३ सय रूपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोलामा ९७ हजार रूपैयाँ कायम भएको छ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार