• शनिबार, साउन २३ २०८३

निमावि तहको १८३ विज्ञान शिक्षक पद रिक्त हुने


सोमबार, मंसिर १२ २०७९
1.1K
Shares

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतीय श्रेणी पदको विज्ञान विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७८ चैत १७ गते र २०७९ असार ११ गते लिईएको खुला प्रतियोगितात्मक (सामान्य र विषयगत) लिखित परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले प्रदेश-१ मा १०१ रिक्त दरबन्दीको लागि लिएको परीक्षामा जम्मा ४१ जना, मधेश प्रदेशमा ३५ रिक्त दरबन्दीको लागि ७ जना मात्रै उत्तीर्ण, बागमति प्रदेशमा १०० रिक्त पदका लागि जम्म ५७ जना मात्रै उत्तीर्ण भएका छन् ।

गण्डकी प्रदेशमा १०१ रिक्त पदको लागि ७३ जना उत्तीर्ण, लुम्बिनी प्रदेशमा ६० रिक्त पदको लागि ४७ जना, कर्णाली प्रदेशमा २९ जनाको लागि २१ जना र सुदुरपश्चिम प्रदेशको लागि ११ जना मात्रै उत्तीर्ण भएका छन् ।

आयोगले सबै प्रदेशमा ४४० रिक्त दरबन्दीको लागि सञ्चालन गरेको परीक्षामा २५७ जना मात्रै उत्तीर्ण भएका छन् । आयोगले माग गरेको रिक्त दरबन्दी र सार्वजनिक लिखित परीक्षाको नतिजा हेर्दा फेरि पनि १८३ पद रिक्त हुने देखिएको छ ।

आयोगको सूचना अनुसार उत्तीर्ण शिक्षकहरुको अन्र्तवार्ता मंसिर २८ गते सञ्चालन हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार