• शुक्रबार, भाद्र २६ २०८३

आज देशभरको मौसम कस्तो रहन्छ ?


सोमबार, मंसिर १२ २०७९
910
Shares

देशका केही स्थानको मौसम आज सोमबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले बिहान देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राती प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने माहाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार