• शनिबार, साउन २३ २०८३

आज विवाह पञ्चमी पर्व मनाईंदै, यस्तो छ पौराणिक महत्व


सोमबार, मंसिर १२ २०७९
2K
Shares

आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी पर्व । त्रेता युगमा भगवान राम र जनकपुत्री सीताबीच विवाह भएको विश्वासमा आज जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।

मिथिलाञ्चलमा यो पर्व झण्डै एक साता महोत्सवको रुपमा मनाउने गरिन्छ। प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ ।

यो पर्वमा भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउने प्रचलन समेत रहेको छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयंबर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ ।

यसैबीच, विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।

Pokhara Internet

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार