• शनिबार, साउन २३ २०८३

गोरखामा लागुऔषध सहित दुई जना पक्राउ


सोमबार, मंसिर १२ २०७९
3.1K
Shares

गोरखा । गोरखामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

शनिवार बेलुकी ८ बजे गोरखा नगरपालिका–१० छेवेटारबजारका ३० बर्षीय अजय गुरुङ र अर्का एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र चारथान मोबाईल सहित नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी बाह्रकिलोबाट खटिएको प्रहरीले घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेकाहरुलाई आइतबार लागू औषध डाईजेपाम शीर्षकमा मुद्धा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार