गोरखा । गोरखामा मंसीर २३ र २४ गते निशुल्क मुटु रोग शिविर हुने भएको छ ।
रोटरी क्लव अफ गोरखाको आयोजना तथा सेभ द हर्ट, मनमोहन कार्डियोभास्कुलर तथा टूान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर हुने क्लवले जनाएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई को नेतृत्वको टोलि लगायत चिकित्सकहरुकाे सहभागीतामा परीक्षण हुने रोटरी क्लव अफ गोरखाका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए ।
मुटु सम्बन्धि बिरामी, मुटुको समस्याको शंकास्पद बिरामी, उच्च रक्तचापको औसधि सेबन गरेका बिरामी, जन्मजात मुटुको समस्या भएका बालबालिका, मुटु को शल्यक्रिया गरेका बिरामी, हृदयघात भएका बिरामी र तिनका परिवार, स्कुल उमेरका बालबालिकाको मुटु परिक्षण साथै बिरामीको र शंकास्पद बिरामीको निशुल्क इकोकार्डियोग्राफी र इ सि जि लगायत अन्य आबश्यक थप उपचार हुने रोटरी क्लवका अध्यक्ष ढकालले बताए ।
