• शनिबार, साउन २३ २०८३

रोटरीद्धारा गोरखा नगरपालिकालाई २० थान ह्विलचियर सहयोग


सोमबार, मंसिर १२ २०७९
990
Shares

गोरखा । गोरखा नगरपालिकालाई रोटरी क्लब अफ गोरखाले २० थान ह्विलचियर सहयोग गरेको छ ।

आईतवार एक कार्यक्रमका विच क्लबले नगरप्रमुख कृष्ण राना मगरलाई ह्विल चियर हस्तान्तरण गरेको अध्यक्ष कृष्ण ढकालले जानकारी दिए ।

ताइवानबाट रोटरी नेपालले उपलब्ध गराएको ह्विलचियर गोरखा नगरपालिका क्षेत्रका अपांगता भएका नागरिकको सहजताका लागि सहयोग पुर्याउने उदेश्यले प्रदान गरिएको क्लबका अध्यक्ष ढकालले बताए ।

अध्यक्ष ढकालले रोटरी सामाजिक संस्था भएकाले सामाजिक काममा स्थानीय तहहरु, संघ संस्थासँग मिलेर निरन्तर अघि बढ्ने बताए । ताईवानबाट प्राप्त ह्विलचियर निशुल्क बितरण हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार