• शनिबार, साउन २३ २०८३

क्युएए प्राप्त गरेको खुसीयालिमा गोरखा क्याम्पसद्धारा र्‍याली


शुक्रबार, मंसिर ९ २०७९
1.3K
Shares

गोरखा । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको खुसीयालिमा गोरखा क्याम्पसले र्‍याली प्रर्दशन गरेको छ ।

जिल्लाको एकमात्र सरकारी क्याम्पसले अन्तर्राष्ट्रिय स्तरको मान्यता पाएको भन्दै प्राध्यपाक, विद्यार्थी, स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

शुक्रवार बिहान गोरखा क्याम्पस देखी हरमटारी सम्म र्‍याली प्रर्दशन गरिएको थियो ।

क्याम्पसका शिक्षक, विद्यार्थी, सञ्चालक समिति, शिक्षाप्रेमीहरु सो ¥यालीमा सहभागी थिए । बाजा गाजा सहित नाचगानी गरी खुसायाली मनाउँदै उक्त ¥यालीले बजार परिक्रमा गरेको थियो ।

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा सहभागी भई संस्थागत गुणस्तर परीक्षणका सबै चरण पूरा भएपछि शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगबाट प्रत्यायनकृत गरेको आयोगले जनाएको छ ।

गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरेसँगै विश्वभरका अन्य क्याम्पस सरह मान्यता पाउने भएको छ । २०३५ सालमा स्थापना भएको क्याम्पसले ४४ वर्ष पछि क्याम्पसले क्यूएए पाएको हो ।

गोरखा क्याम्पस जिल्लाको एक मात्र सरकारी क्याम्पस हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार