• शनिबार, साउन २३ २०८३

डलरसँगै बढ्यो युरोको भाउ, आज कतिमा हुँदैछ किनबेच ?


बिहिबार, मंसिर ८ २०७९
650
Shares

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २६ पैसा कायम गरिएको छ। 

बुधवार एक अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ३७ पैसा र बिक्रीदर १३० रूपैयाँ ९७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २९ पैसा बढेको हो। 

युरोपियन युरो एकको खरिदमा भने १३४ रुपैयाँ ७५ पैसा र बिक्रीमा १३५ रुपैयाँ ३७ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८४ पैसा बढेको हो। 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८७ रुपैयाँ २९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रुपैयाँ पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ५६ पैसा र बिक्रीमा २८ रुपैयाँ ६९ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२६ रुपैयाँ १४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ १७ पैसा तोकिएको छ।
 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार