• शुक्रबार, भाद्र २६ २०८३

मतगणनास्थल नजिकै खुकुरी प्रहार गरी युवकको हत्या


बुधबार, मंसिर ७ २०७९
730
Shares

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ को मतगणना भइरहेको स्थान नजिकै एक युवकको हत्या भएको छ।

मंगलबार राति बर्दघाट नगरपालिकास्थित मतगणना नजिकै खुकुरी प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका ४ का ४६ वर्षीय दिनेश कुमार पुनको हत्या भएको हो। उनको घटनास्थलमै मृत्यु भएको हो।

सोही घटनामा विष्णु काउछा घाइते भएकी छन्। उनी पनि सोही स्थानकी हुन्। उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको एसपी ऋषिराम कंडेलले जानकारी दिए। 

हत्या कसले गर्यो भन्ने खुलेको छैन। प्रहरीले खोजतलास गरिरहेको छ। अघि नवलपरासी १ को मत गणना चलिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार