• शनिबार, साउन २३ २०८३

सुनचाँदीको मूल्य घट्यो


बुधबार, मंसिर ७ २०७९
905
Shares

 नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ।

आज छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि मंगलबार छापावाला सुन तोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार