• शनिबार, साउन २३ २०८३

जिप दुर्घटना हुँदा पाँचको मृत्यु, चारजना घाइते 


बुधबार, मंसिर ७ २०७९
1.1K
Shares

गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा चारजना घाइते समेत भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।  

प्रहरीका अनुसार सत्यवति गाउँपालिका-३ ठूलो लुम्पेकबाट कुटडाँडा लु २ च ५३४० को जिप जाँदै थियो। राति साढे २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परि मृत्यु हुनेमा जिप धनी सत्यवति-३ कुटडाँडाका ५१ वर्षीय झलक सोमै, सोहि स्थानका ५५ वर्षीय टीका राहाडी, ४७ वर्षीय रनबहादुर सिंजाली, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीय जमुना सोमै रहेका छन्। 

त्यस्तै घाइते हुनेहरूमा ३३ वर्षीय कार्बोलिन सोमै, ३२ वर्षीय चेतमान सिंजाली, ४९ वर्षीय वीरबहादुर राहाडी र १७ वर्षीय खण्डन सोमै रहेका छन्। 

कार्बोलिन सोमैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घुम्तिमा जिपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट २ सय मिटर तल झरेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार