गोरखा। नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र बजगाईले सिकिस्त घाइते बिरामीको हेलिकप्टरमार्फत उद्दार गरेका छन् ।
बजगाईले गए राति युवाहरु बीच भएको झगडाले सिकिस्त घाइते भएका चुमनुब्री गाउँपालिका ३ का रस बहादुर गुरुङकाे गोरखाको हिमाली क्षेत्र सिर्दिबासबाट उद्दार गरेका हुन् ।
युवाहरु बीच सामान्य भनाभन बाट सुरु भएको झगडाले उग्र रुप लिएपछि गुरुङ्ग घाइते भएका थिए। झगडा गर्नेहरु सोहि ठाउका स्थानीय नै रहेको र घाइते गुरुङ माथि धारिलो हतियार प्रयोग भएको स्थानिय बिरबल घलेले बताए ।
‘उनको अवस्था चिन्ताजनक भएपछी हामीले नेपाली काँग्रेसका नेता राजेन्द्र बजगाईं संग सहयोग मागेका थियौं। उहाले नै हेलिकप्टर पठाइदिनु भएको हो ।’ उनले भने।
नेता बजगाईंको पहलमा उद्दार गरिएको घाइतेलाइ अहिले काठमाडौँको शिक्षण अस्पतालमा भर्ना गरेर उपचार भैराखेको छ। पर्यटन ब्यवसायीसमेत रहेका उनले यसअघिसमेत उत्तरी गोरखामा विपत परेका बेला हेलिकप्टरमार्फत उद्दार र सहयोग गर्दै आएका छन् ।


