सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको म्याद फेरि पनि थप्ने तयारी गरेको छ ।
पछिल्लो पटक वैशाख २५ गतेसम्म बढाइएको लकडाउनको म्याद फेरि पनि करिब २ हप्ताका लागि थप्न लागिएको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले आगामी जेठ १० गतेसम्म लकडाउन बढाउनका लागि सिफारिस गर्ने तयारी भएकाे बताइएकाे छ ।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने गरी म्याद थप गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक अधिकारीको भनाइ छ ।