• शनिबार, साउन २३ २०८३

युएईद्वारा नेपाललाई १७७ रनको लक्ष्य


शुक्रबार, मंसिर २ २०७९
895
Shares

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाललाई १७७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन जोड्यो । युएईका लागि अलिसान सराफुले ३३ तथा रोहन मुस्तफाले २४ रन जोडे । अयान अफजल खानले ५४ रन बनाए ।

अयान र २० रन जोडेका हजरत विलालले अन्तिम विकेटका ११३ बलमा ८३ रनको साझेदारी गरे ।

नेपालका लागि कुशल भुर्तेलले २, गुल्सन झाले २, दिपेन्द्र सिंह ऐरीले २ विकेट तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिए ।

आजको खेल दुवै टिमका लागि महत्वपूर्ण छ किनभने दुवै टिमले एक-एक खेलमा जित हात पारेका छन् । आजको खेलमा जित हात पार्ने टिमले सिरिजमाथि कब्जा जमाउनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार