• शनिबार, साउन २३ २०८३

सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला


शुक्रबार, मंसिर २ २०७९
2.5K
Shares

ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।  

शुक्रबार बिहान भेटिएको उक्त बम नेपाली सेनाको टिमले डिस्पोज गरेको एसपी सुधिर शाहीले रातोपाटीलाई जानकारी दिए । ​

निर्वाचन विथोल्ने मनासायका साथ उपत्यकाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।​

आजै बिहान काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको थियो । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको हाे । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार