• सोमबार, साउन ११ २०८३

थप ५ जनामा कोरोना पुष्टि, २६ डिस्चार्ज


बिहिबार, मंसिर १ २०७९
795
Shares

थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट १२५२ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७०७ र एन्टिजेनबाट ५४५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४ र एन्टिजेनबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप २६ जना कोरोनामुक्त भएका छन्। 

हाल सक्रिय कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार