गाेरखा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गाेरखा स्थित मानव सेवा आश्रमलाइ खाध्य सामाग्री सहयाेग गरेकाे छ ।
आफ्नाे बीसौं स्थापना दिवसको अवसरमा कम्पनीले आश्रममा आश्रीत बालबालिकाकाे सहयोगका लागि खाद्यान्न सामग्री प्रदान गरेको जनाएकाे छ ।
आइतबार मानव सेवा आश्रम गोरखामा पुगेर कम्पनीको खाद्यान्न सामग्री हस्तान्तरण गरेकाे जनाएकाे छ ।
कम्पनीले आश्रमलाइ आलु, चिनी, दाल, नून, तेल, चियापत्ती, चिउरा, साबुन, हर्पिक, ब्रस मन्जन, चना, जिरा, धनियाँ, दालमोठ, फुरन्दाना, आटा प्रदान गरेको शाखा मेनेजर प्रसिद्ध पोखरेलले जानकारी दिए ।
कम्पनीको क्षेत्रीय कार्यालय पोखरा माताहतका कर्मचारीको सहयोगमा गोरखा मानव सेवा आश्रमलाई सहयोग गरिएको पोखरेलले बताए ।
कोरोनाको संक्रमणबाट उत्पन्न विपद व्यवस्थापन कोषका लागि कम्पनीले एक करोड रुपैयाँ प्रदान गरेको पोखरेलले बताए ।