पोखरामा अमेरिकी र युरोपियन प्रशिक्षकहरूबाट स्काई डाइभ गराउन सुरु भएको छ। जेनजात्रा एडभेन्जरले पोखरामा चार दिनका लागि डाइभ सुरु गरेको हो । बिहीबारदेखि सुरु भएको यो क्रम आइतबारसम्म जारी रहने छ ।
यसका लागि ९५ हजार शुल्क तोकिएको छ। यो डाइभ गर्न इसेवा र जनेजात्रा एड्भेन्चर र स्काइ डाइभ पोखराको वेभसाइडटमा गएर बुकिङ गर्न सकिन्छ ।
पोखराको पामेबाट हेलिकप्टरले १३ हजार फिटको उडान भरेपछि त्यहाँबाट स्का डाइभ गरिने सञ्चालक मनिष मिश्राले बताए । उडानदेखि अवतरणसम्मको अवधि १४ मिनेटको हुने, फोटो–भिडियो पनि त्यही रकममा समावेश हुने कम्पनीले जनाएको छ ।
