गोरखा । जिल्ला सदरमुकाम गोरखामा बुधबार रक्तदान कार्यक्रम भएको छ । लियो क्लव अफ गोरखा आयोजना, लायन्स क्लव अफ गोरखाको समन्वय तथा रेडक्रस गोरखाको प्राबिधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हाे ।
सदरमुकाममा बिहिवार भएको कार्यक्रममा १० जनाले रक्तदान गरेका थिए । रक्तदान नै जीवन दान भन्ने मुल नाराका साथ गोरखामा ब्लड बैंक स्थापना भएसंगै रगत अभाव नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेको लियो क्लब गोरखाका अध्यक्ष बालकृष्ण परियारले बताए ।
लियो क्लवका अध्यक्ष परियारको अध्यक्षता तथा लियो क्लवका एड्भाईजर श्याम बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा आयोजक क्लव, लायन्स क्लव, रेडक्रस गोरखाका पदाधिकारीहरुकाे समेत उपस्थिति रहेको थियो ।


