• सोमबार, साउन ११ २०८३

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल भयो गोरखा क्याम्पस


बिहिबार, मंसिर १ २०७९
2.8K
Shares

गोरखा । गोरखा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल भएको छ ।

गोरखा क्याम्पसले गुणस्तर मूल्यांकनका सबै चरण सफलतापूर्वक पूरा गरेपछि विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रमाणपत्र प्रदान गरेको आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले बताए । आयोगका अध्यक्ष सुवेदीले बुधबार एक समारोहका बीच गोरखा क्याम्पसका प्रमुख रामशरण बानियाँलाई सो प्रमाणपत्र प्रदान गरेको छ ।

क्यूएए प्राप्त गर्ने गोरखा क्याम्पस गोरखाको दोस्रो क्याम्पस हो । उक्त प्रमाण पत्र लिन क्याम्पस संचालक समितिका अध्यक्ष लगाएत क्याम्पस प्रमुख रामशरण बानियाँ, आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजक सञ्जय अधिकारीसहित प्राध्यापक संघ, कर्मचारी संघका प्रतिनिधिहरु र स्वमूल्याङ्न टोली अनुदान आयोग पुगेका थिए ।

गोरखा क्याम्पसले २०७४ सालदेखि नै क्यूएए प्राप्त गर्नका लागि प्रक्रिया सुरु गरेको थियो । पाँचवर्षपछि गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा सहभागी भई संस्थागत गुणस्तर परीक्षणमा सबै चरण पूरा गरी क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख बानियाँले जानकारी दिए ।

शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगबाट प्रत्यायनकृत गरेको आयोगले जनाएको छ । २०३५ सालमा स्थापना भएको गोरखा क्याम्पस जिल्लाकाे एक मात्र सरकारी क्याम्पस हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार