• शनिबार, साउन ९ २०८३

काेराेनाबाट ३५ लाखभन्दा बढी संक्रमित, मृतककाे संख्या साढे २ लाख नजिक


सोमबार, बैशाख २२ २०७७
900
Shares

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ४८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४८ हजार ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ४३१ जनाको मृत्यु भएको छ भने ८० हजार ८९७ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या ३५ लाख ६२ हजार २६९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार