• शनिबार, साउन २३ २०८३

सलोन बस्नेत अभिनीत फिल्म ‘मीलन’को गीत सार्वजनिक (भिडिओ)


बुधबार, कार्तिक ३० २०७९
875
Shares

टेक पौरखी राई निर्देशित फिल्म ‘मीलन’ को आइटम गीत सार्वजनिक भएको छ।

सोमबार फिल्ममा समावेश ‘अलि अलि पिएपछि’ बोलको गीत सार्वजनिक गरिएको हो। बबिना किराँती र कृष्ण केसीको स्वर रहेको गीतमा शब्द तथा संगीत टेक पौरखी राईको छ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडिओमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापालाई देख्न सकिन्छ। 

यसअघि फिल्ममा समावेश ‘तिम्रो इसारा काफि छ’ बोलको गीत र ट्रेलर भइसकेको छ।

प्रविन थापा निर्माता रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करण थापा मगरलगायत कलाकारको अभिनय छ। 

राहुल राईले छायांकन गरेको फिल्मलाई तारा किम्बे थापाले सम्पादन गरेका हुन्। यो फिल्म मंसिर ९ गतेदेखि प्रदर्शन हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार