• सोमबार, साउन ११ २०८३

गोरखामा डेंगु सङ्क्रमितको सङ्ख्या पाँच सय १० पुग्यो, एककाे मृत्यु


बुधबार, कार्तिक ३० २०७९
855
Shares

सुदिप श्रेष्ठ

गोरखा। गाेरखामा डेंगु सङ्क्रमितको सङ्ख्या पाचँसय १० पुगेको छ । स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काका अनुसार हालसम्म पाचँसय १० जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

जिल्लामा साउन यता उपचारका लागि आएका १ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण गोरखा नगरपालिकामा देखिएको छ । जहाँ एकसय ६८ जनामा डेङ्गु रोग देखिएको खड्काले बताए ।

उनका अनुसार आरुघाट गाउपालिकामा एकसय ६४, पालुङ्टार नगरपालिकामा १०५, भिमसेनथापा गाउपालिकामा ४२ जनामा डेङ्गु रोग देखिएको थियो ।

यस्तै शहिदलखन गाउपालिकामा १३, अजिरकोट गाउपालिकामा नौँ, गण्डकी गाउपालिकामा ५ जना र बारपाक सुलिकोट गाउपालिकामा ४ जनामा डेङ्गु रोग देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार