गोरखा । मानव अधिकार तथा शान्ति समाजको नया कार्यसमिति चयन भएको छ ।
मंगलबार सम्पन्न भएको २२ औ बार्षिक साधारण सभाले ११ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।
समाजको सभापतिमा गोमा दुवाडी, उपसभापतिमा शरद श्रेष्ठ, सचिवमा रामचन्द्र पाण्डे, सहसचिवमा साबित्री श्रेष्ठ र कोषाध्यक्षमा सुनिता कोइराला खातीलाई चयन गरेको छ ।
त्यस्तै, सदस्यहरूमा सिताराम तिवारी, रिता परियार, कृष्णप्रसाद दुवाडी, जनुका अधिकारी, पार्बती राना मगर, बुध्दिबहादुर खाती छन् । चारजना सदस्य मनोनयन गर्न भने बाँकी रहेको समाजले जनाएको छ ।
