• शुक्रबार, भाद्र २६ २०८३

जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प


बुधबार, कार्तिक ३० २०७९
755
Shares

जापानमा ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ।

भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।

भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन।

सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन।

भूकम्पको केन्द्रबिन्दुबाट सयौं किलोमिटर टाढा रहेको उत्तरी टोकियोको फुकुशिमा र इबाराकी प्रान्तहरूमा धक्का महसुस गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार