देशका केही स्थानको मौसम आज बुधबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
अहिले बिहान प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
बुधबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
