• शुक्रबार, भाद्र १९ २०८३

नेपालमा एकैदिन थपिए १० जना कोरोना संक्रमित, संख्या ६९ पुग्यो


आइतबार, बैशाख २१ २०७७
990
Shares

नेपालमा आइतबार एकै दिन १० जनामा काेराेना स‌क्रमण देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

उनले नेपालगन्जको प्रयोगशालामा पाँच जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए। उनीहरु ७ देखि ८५ वर्ष उमेरको रहेको जानकारी प्राप्त भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

त्यस्तै प्रवक्ता देवकोटाले पर्साका ३६ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार