• शनिबार, साउन २३ २०८३

फुटबल टोली चढेको बसमा गोली प्रहार, ३ खेलाडीको मृत्यु


मंगलबार, कार्तिक २९ २०७९
715
Shares

काठमाडौं । अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ।

आइतबार साँझ युनिभर्सिटी अफ भर्जिनियाका विद्यार्थीले भरिएको गाडी स्थलगत भ्रमणबाट फर्किएपछि बस पार्किङमा रोक्दै गर्दा अन्धाधुन्ध गोली प्रहार भएको हो। गोली लागेर मृत्यु भएका ३ नै जना विश्वविद्यालयका फुटबल टिमका खेलाडीहरु रहेको जनाइएको छ। सोही घटनामा २ जना घाइते भएका छन्।

घटना लगत्त गोली प्रहारमा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका बन्दुकधारी सोही विश्व विद्यालयका २२ वर्षीय एक विद्यार्थी रहेको खुलेको छ।

प्रहरीका अनुसार गोली प्रहारको कारण खुलेको छैन र घटनाको अनुसन्धान जारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार