• सोमबार, साउन ११ २०८३

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै, देशभर ५ सयभन्दा कम


सोमबार, कार्तिक २८ २०७९
920
Shares

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमित थपिनुका साथै २३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ९९ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४२५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टीजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा थप ८० हजार ४८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार