• शनिबार, साउन २३ २०८३

गोरखामा झण्डै दुई हजार म्यादी प्रहरी खटाइयो


सोमबार, कार्तिक २८ २०७९
1.5K
Shares

गाेरखा । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा प्रयोजनका लागि गोरखामा करिब दुईहजार म्यादी प्रहरी परिचालन गरिएकाे छ ।

भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार जिल्लाका ११ पालिकामा १९ सय ५९ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ ।

म्यादीमा भर्ना हुन २ हजार ८ सय ७५ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट १९ सय ५९ जना छनोट गरेर तालिम दिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।

सामान्य एक मतदान केन्द्रमा ३ जना प्रहरी र ५ जना म्यादी प्रहरी खटाइने र एक मतदान केन्द्र भन्दा बढि भएमा एक मतदान केन्द्रमा १ प्रहरी र २ म्यादी प्रहरी थप गरी परिचालन गरीने डीएसपी लामिछानेले बताए ।

संवेदनशील मतदान केन्द्रमा ३ प्रहरी र ६ म्यादी र अति संवेदनशील मतदान केन्द्रमा ३ प्रहरी ८ म्यादी प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन पूरा भएको ४ दिन पछिसम्म म्यादीलाई सुरक्षामा परिचालन गर्ने प्रहरीको योजना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार